Aamsanchar

आजको मौसम विवरण

Author Image
शनिवार, माघ १०, २०७७

पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर–पश्चिम, गण्डकी, बाग्मति र प्रदेश नं. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ।

शुक्रबार राती सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो सुदुर–पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक र दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती सुदुर–पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक रदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर