Aamsanchar

विवादबारे भारत र चीनबीच आज नवौं चरणको वार्ता हुँदै

Author Image
आइतवार, माघ ११, २०७७

भारत र चीनबीच आज सीमा विवादबारे आज वार्ता हुँदैछ। २ महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो। यो वार्तामा दुवै देशका कप्स–कमाण्डरस्तरका अधिकारीहरू सामेल हुँदैछन्। विदेश मन्त्रालयका केही प्रतिनिधिहरू पनि यो बैठकमा सहभागी हुने बताइएको छ।

पूर्वी लद्दाखमा ९ महिनादेखि जारी तनाव समाधानतर्फ अहिलेसम्म कुनै निस्कर्ष निस्किएको छैन। गत डिसेम्बर १८ का दिन भएको वार्तामा दुवै देशका अधिकारीहरूले वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्नेतर्फ काम थाल्ने बताएका थिए। भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै दिएको एक अन्तवार्तामा चीनले सीमाबाट सैनिक नहटाएसम्म आफूहरूले पनि नहटाउने जिकिर गरेका थिए।

सन् २०२० जुन १५ मा लद्दाखको गलवान उपत्यकामा दुवै देशका सैनिकबीच रक्तपातपूर्ण भीडन्त भएको थियो। सो भीडन्तमा भारतका दर्जनौं सैनिक मारिएका थिए। चीनले भने आफ्नातर्फ क्षति भएका सैनिकको विवरण अहिलेसम्म खुलाएको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर