Aamsanchar

भारत उत्तराखण्डको एक दिने मुख्यमन्त्री बनिन् १९ वर्षीया सृष्टि

Author Image
आइतवार, माघ ११, २०७७

काठमाण्डौ – भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ। सृष्टिलाई २४ जनवरीका दिन आज राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो ।

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उदेश्यले उनलाई मुख्यन्त्री बनाएको बताउनु भएको छ।

आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् । यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताइन्।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा आयोजित यस कार्यक्रम भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर