Aamsanchar

कोरोेनाका कारण आज थप ७ जनाको मृत्यु, मुलुकभर ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो,९८ प्रतिशतभन्दा धेरै निको

Author Image
आइतवार, माघ ११, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ७० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । त्यस्तै गएको २४ घण्टामा चार सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । यो कुल सङ्क्रमितको ९८ प्रतिशतभन्दा धेरै हो ।

अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर