Aamsanchar

पुनर्जन्म हुने अन्धविश्वासमा परि एक दम्पतीद्वारा २२ र २७ वर्षीया छोरीको हत्या

Author Image
मङ्गलवार, माघ १३, २०७७

काठमाण्डौ – भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाको मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छोरीको हत्या गरेका छन् । ती दम्पतीले एक दिनमै दुई छोरीको पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पद्माजा नैडु र पुरुषोत्तम नैडुले आइतबार राति आफ्ना दुई छोरी २२ वर्षीया ​सैदिव्या र २७ वर्षीया अलेख्याको डमबेलले हानेर हत्या गरेका हुन् ।

ती दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा छोरीहरूको बलि दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको भारतीय सञ्चारमाध्यम (द इण्डियन एक्सप्रेस)ले जनाएको छ ।

हत्या गरिएकी सैदिव्या मुम्बईमा रहेको ए आर रहमान म्युजिक स्कुलमा बीबीए पढ्दै थिइन् भने अलेख्या भोपालमा रहेको इण्डियन इन्स्टिच्युट अफ फरेस्ट म्यानेजमेन्ट कलेजमा पढ्दै थिइन् । हत्यामा संलग्न पद्माजा स्थानीय कलेजमा प्राचार्य तथा करेस्पोन्डेन्टका रूपमा कार्यरत छिन् भने पुरुषोत्तम एक कलेजका सह-प्रमुख रहेका बताइएको छ ।

प्रहरी सामु उनीहरूले आइतबार राति कलियुगको अन्त्य हुने र सोमबार बिहानीबाट सत्ययुगको सुरु हुने भएकाले छोरीहरूको हत्या गरे पुनर्जन्म हुने ​ईश्वरीय सन्देश पाएकाले उनीहरूको हत्या गरेको स्वीकारेका छन् । हत्या गरिएका दुवै छोरीको शव पोस्टमार्टमका लागि स्थानीय एक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नौडु दम्पतीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर