Aamsanchar

अभिनेत्री जयश्रीको शव झुण्डिएको अवस्थामा फेला

Author Image
मङ्गलवार, माघ १३, २०७७

एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा भएको र संसार छोड्ने फैसला गरेको लेखेकी थिइन् । त्यतिबेला उनलाई अभिनेता किच्चा सुदीपले बचाएका थिए । त्यसपछि जयश्रीले उक्त पोस्टका लागि माफी माग्दै हटाएकी थिइन् ।

जयश्रीले आफ्ना केही साथीलाई पारिवारिक कारणले तनावमा रहेको बताएकी थिइन् । ‘उनी प्रायजसो आफूलाई राम्रो महसुस नभइरहेको सुनाउँथिन्,’ जयश्रीकी एक साथीले भनिन्, ‘म उनलाई सम्झाउँथे तर उनले बारम्बार आफ्नो नम्बर परिवर्तन गरिरहन्थिन्, त्यसकारण पनि उनलाई सम्पर्क गर्न कठिन भइरहेको थियो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर