Aamsanchar

भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह

Author Image
बुधवार, माघ १४, २०७७

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएको खबरहरु सार्वजनिक भइरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर