Aamsanchar

नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी

Author Image
शुक्रवार, माघ १६, २०७७

काठमाण्डौ-अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोरोनाविरुद्धको खोप नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरेको छ । बेलायतमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको हो । परीक्षणमा सहभागी एक चौथाइभन्दा धेरै नागरिक ६५ वर्ष उमेरमाथिका रहेका बीबीसीले जनाएको छ । यो खोपले कोरोनाको नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने दाबी गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोराना खोपसम्बन्धी नयाँ परीक्षण सुखद समाचार भएको भन्दै स्वागत गर्नुभएको छ । उहाँले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामक निकायले परीक्षण गर्ने पनि बताउनुभएको छ । बेलायतले आफ्नै देशको स्टकटन-अन-टिज सहरमा उत्पादन गर्ने यो खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्ध वार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

नोभाभ्याक्स, अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर