Aamsanchar

विर्तामोडमा महिला उद्यमीको खाना महोत्सवमा नाना लगायत बस्तु पनि बिक्री (फोटो फिचर सहति)

Author Image
शनिवार, माघ १७, २०७७

विर्तामोड । महिला उद्यमी संघ नेपाल झापालको आयोजनामा विर्तामोड वानस्टप मल अगाडी एक दिने खाना महोत्सव आयोजना भई रहेको छ ।

स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक खाना महोत्सव आयोजना गरिएको हो ।

महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष नैनकला भट्टराइको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रदेश नं. १ का कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आथित्यता रहेको थियो ।

महोत्सवमा कोदोको ढिंडो, गुन्द्रुकको अचार, सिस्नोको सुप, सेल रोटी, तरकारी, फापरको रोटी, तरुल लगायतका परम्परागत खाद्य परिकार प्रस्तुत गरिएको छ ।

पछिल्लो समय परम्परागत मौलिक खानाप्रति मानिसको आकर्षण पनि बढ्न थालेका कारण महोत्सव उपलब्धीमुलक हुने महिला उद्यमीहरुले अपेक्षा गरेका छन् ।

सामुहिक उद्यमशीलताको अभ्यास गर्दै आएको महिला उद्यमी संघ झापाले यस बर्ष पनि विभिन्न स्थानिय पालिका, संघसंस्थाहरुको सहयोगमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा सर्वसाधारणहरुले रु १ सयमा एक प्लेट खाना किनेर खाने व्यवस्था मिलाईएको छ ।

खाना महोत्सव नाम दिईए पनि अन्य उपभोग्य बस्तु पनि बिक्रीका लागि राखिएको छ । खाना महोत्सवमा नानाको पनि व्यापार राखिएको छ । खाँडी कपडा, ढाँकाका कपडा तथा बिभिन्न पहिरन, श्रृगारका बस्तु, बाँसबाट निर्मित हस्तकला, मह, चिया, मुरै, फलफूल लगायतका उत्पादन प्रर्दशन र बिक्रीका लागि राखिएको छ ।
स्थानीय परम्परागत खाना, अग्र्यानिक फूलखेति जस्ता काममा महिला उद्यमी संघ नेपाल झापालले जोड दिंदै आएको ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर