Aamsanchar

२३ गते ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि नेकपा ओली समूहको आमसभा

Author Image
आइतवार, माघ १८, २०७७

काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै चितवनको माडीमा राममन्दिर बनाउन जोड दिँदै आएका ओलीले ‘नारायणहिटी दरबार’ अगाडि सभा गर्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले ओली राजवादीहरुको भीडमा बसेर उल्टो बाटो हिँडेको र २३ गते हिन्दु राष्ट्र घोषणा गर्ने चर्चा सुनेको बताएका थिए । तर ओली पक्षका नेताहरुले भने धेरै मानिस अटोस् र ट्राफिक व्यवस्थापन सहज होस् भनेर ‘नारायणहिटी दरबार संग्राहलय’लाई सभास्थल छनोट गरिएको बताएका छन् । ‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस आट्ने भएकाले नारायणहिटर अगाडि राखिएको हो’ आमसभा तयारी सचिवालयका प्रमुख पोखरेलले भने ।

सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ । नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन भन्दै आयोजना गरिएको सभालाई प्रधानमन्त्री ओलीलगायत नेकपा ओली समूहका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर