Aamsanchar

१ सय ३० वर्षमा पहिलो पटक दुर्लभ हिम उल्लू देखियो (फोटो सहित)

Author Image
आइतवार, माघ १८, २०७७

हालै अमेरिकाको न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा १३० वर्षमा पहिलो पटक दुर्लभ हिम उल्लू देखिएको छ । यसको जानकारी न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ पार्क्स एन्ड रिक्रिएशनले सोसल मिडियामा एक पोस्टमार्फत् दिएको हो । पोस्टमा लेखिएको छ, ‘हिम उल्लू एक्लै बस्न रुचाउँछ । कृपया यसबाट टाढै बस्नुहोस् ता कि सबैले यो अनौठो पलको अनुभव गर्न सकून् ।’

यो अन्य उल्लूभन्दा नितान्तत फरकः

वैज्ञानिकका अनुसार साधारणतया अन्य उल्लू दिउँसो सुत्छन् र राती शिकारका लागि जाग्ने गर्छन् तर हिम उल्लू दिनमा पनि सक्रिय रहन्छ । यो प्रजातिको भाले उल्लू पूर्ण रुपमा सेतो हुन्छ तर पोथीको शरीरमा खेरो रङको छिर्का देख्न सकिन्छ । 

आर्कटिक टुन्ड्रामा पाइन्छः

हिम उल्लू साधारणतया उत्तरी गोलार्धको आर्कटिक टुन्ड्रामा पाइन्छ र यो जाडो मौसममा आफ्नो शिकार खोज्नका लागि आर्कटिक टुन्ड्रामा पुग्ने गर्छ । वैज्ञानिकका अनुसार यसलाई आफ्नो वरिपरि मानिसहरुको दखल फिटिक्कै मन पर्दैन ।

बासस्थानको खोजीमाः

वैज्ञानिकका अनुसार उत्तरी अमेरिकामा उल्लूको संख्या अत्यधिक छ तर जलवायु परिवर्तनका कारण धर्तीको तापक्रम बढिरहेको छ तसर्थ उल्लूको संख्यामा कमी आइरहेको छ । 

पंक्षीको संरक्षणका लागि काम गर्ने संस्था आडुबान सोसाइटीका निर्देशक ब्रुकी ब्याटम्यानका अनुसार हिम उल्लू न्यूयोर्कमा बासस्थानको खोजी गरिरहेको हुनसक्छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर