Aamsanchar

१० वर्षदेखि आमाको शव फ्रिजरमा लुकाएर राख्‍ने पक्राउ

Author Image
आइतवार, माघ १८, २०७७

टोक्यो- जापानको राजधानी टोक्योस्थित एक महिलाले मृत्यु भइसकेकी आफ्नी आमाको शव १० वर्षदेखि फ्रिजरमा राखेको भेटिएपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । युमी योसिनो नाम गरेकी ४८ वर्षीया ती महिलाले मृत्युबारे भने केही खुलासा गरेकी छैनन् । तर आमासँगै बस्दैआएकी युमीले टोक्योस्थित घर छोड्न मन नलागेर आमाको शव लुकाएर राखेको प्रतिक्रिया दिएकी छन् ।

प्रहरीका अनुसार शवमा कुनै चोट पटक लागेको छैन । यद्यपि हत्या वा स्वभाविक मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घरको भाडा नतिरेपछि ती महिलालाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव भेटिएको जापानी मिडियाले लेखेका छन् । ती महिलाकी आमाको ६० वर्षको उमेरमा मृत्यु भएको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर