Aamsanchar

भारतको किसान आन्दोलनलाई लिएर बोल्यो चिनले

Author Image
मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द गरेको उल्लेख छ । गणतन्त्र दिवसका दिन दिल्लीमा भएको हिंसाको हल्ला रोक्नका लागि भारतीय सरकारले दिल्लीका केही स्थानमा इन्टरनेटको अस्थायी प्रतिबन्ध लगाएको थियो । यसैलाई आधार बनाएर चीनले भारतका विरुद्ध बोलेको हो ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्समा शिन्हुवा विश्वविद्यालयका नेशनल स्ट्याटीजी इन्स्टिच्युटका रिसर्च डिपार्टमेन्टका निर्देशक फियान फेगको लेख प्रकाशित भएको छ । फेगले लेखेका छन्, ‘भारतमा किसानको आन्दोलन चलिरहेको छ, यसको जवाफमा भारतले दिल्ली आसपासका धेरै इलाकामा इन्टरनेट बन्द गरिदिएको छ, जहाँ किसान नयाँ कृषि कानुनको लिएर आन्दोलन गरिरहेका छन्, यसले थाहा हुन्छ कि भारत सरकारलाई देशमा अस्थिरता हुने डरले सताइरहेको छ ।’

लेखमा भनिएको छ, ‘भारतीय किसानको आन्दोलन बढ्ने देखेर मोदी सरकारले इन्टरनेट तथा सञ्चारमाध्यममा कडा गर्ने बाटो अपनाएको छ । ताकि सामाजिक स्थिरता कायम गर्न र सरकारविरुद्धको आन्दोलन मत्थर पार्न सकियोस ।’ फेगले लेखेका छन्, ‘भारतीय जनता पार्टीले बहुमतको दम्भका कारण कुनै अध्ययन विना नै छिटो किसान कानुन पारित गरेको थियो र विपक्षीको कुरा पनि सुन्न चाहेको थिएन ।’

यसै कारण विपक्षी पार्टीले मोदी सरकार किसान र लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाइरहेको छ । पत्रिकामा भनिएको छ किसान आन्दोलन तुरुन्त रोकिने वाला छैन । भारतमा सामाजिक आन्दोलन इन्टरनेटको माध्यमबाट गरिन्छ र यसलाई रोक्न भारतीय सरकारले इन्टरनेट बन्द गर्ने उपाय अपनाएको हो ।

संसारमा चीन यस्तो कडा शासन भएको देश हो जहाँ अभिव्यक्ति स्वतन्त्रतासमेत छैन । कम्युनिष्ट पार्टी भन्दा फरक विचार राख्नेलाई चीनमा कुनै स्थान छैन तर भारतमा किसान आन्दोलनमा इन्टरनेट बन्द गरेको कुरालाई भने चीनले जोडतोडका साथ उठाएको छ । उसले मोदी सरकार अस्थिरता हुने डरले डराएको उल्लेख गरेको छ । पछिललो समय चीन् र भारतीबीच् सीमा विवादका कारण सम्बन्ध त्यति राम्रो छैन् । जसका कारण दुई छिमेकी मुलुक भएपनि एक अर्का विरुद्ध बोलिरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर