Aamsanchar
Adv top
Adv below_nav

‘मैले के बिगारेँ’ सार्वजनिक (भिडियो)


काठमाडौं-गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ। गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ। भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन्। उनलाई ज्वाला राईले साथ दिएका छन्। मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पिटर गुरुङको छायांकन छ। राज पोखरेलले ड्रोन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरि तिमल्सेनाले गरेका हुन्।

यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ। पुरुष भर्जनमा भने संगीतकार कार्की आफैँले स्वर भरेका छन्। पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ।

 

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।