Aamsanchar

बुहारीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय पुरुष भद्रपुरबाट पक्राउ

Author Image
मङ्गलवार, माघ २०, २०७७

भद्रपुर –भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

ती पुरुषले माघ १५ गते घरमा कोही नभएको मौका छोपी आफूलाई बलात्कार गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।

Views: 126

प्रतिक्रिया (०)