Aamsanchar

३ हजारभन्दा धेरै कोरोना भाइरसको नक्कली खोपसहित चीनबाट ८० जनाभन्दाबढी पक्राउ

Author Image
मङ्गलवार, माघ २०, २०७७

काठमाण्डौ – चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ ।

न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको सिरिन्ज समावेश गरिएको र उच्च मूल्यमा बेचिँदै आएको अधिकारीहरूले बताएका छन् । चीनमा अहिले सिनोभ्याक र सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाइँदै छ । यी दुई कम्पनीले टर्कीसहित अन्य देशमा खोप पठाइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर