Aamsanchar

इलेक्ट्रानिक उपकरणले काम नगर्ने विश्वको यस्तो ठाउँ

Author Image
बुधवार, माघ २१, २०७७

घुम्ने, नयाँ नयाँ ठाउँ पुग्ने रहर कसलाई हुन्न र ? संसारभरका  अनेको ठाउँ  आ-आफ्नो विशेषताका लागि प्रख्यात छन्। हाम्रै नेपालमा यस्ता अनेकौं ठाउँ छन्, जसलाई हेर्न विश्वभरिबाट लाखौं पर्यटक आउने गर्छन्। संसारभरि नै पर्यटकलाई लोभ्याउने हजारौं प्राकृतिक अप्राकृतिक ‘टूरिस्ट प्वाइन्ट’ रहेको हामी सबैलाई थाहा नै छ, जहाँ वर्षभरि नै पर्यटकको मेला लाग्छ। प्रत्येक यस्ता पर्यटकीय स्थलको आ–आफ्नो महत्त्व एवं विशेषता हुन्छ जसले पर्यटक लोभिन्छन्।  यस्तै एउटा स्थान मेक्सिकोमा छ, जसलाई ‘जोन ऑफ साइलेन्स’ भनिन्छ। यहाँ पुग्ने जो कोहीसँग विचित्रका घटना हुने गर्छन्।

उत्तरी मेक्सिको ‘जोन ऑफ साइलेन्स’मा पुगेर तपाईं आफ्नो मोबाइल खोलेर फेसबुक अपडेट गर्न सक्नु हुन्न, ट्वीट गर्न सक्नु हुन्न।  होइन, होइन यहाँ सामाजिक संजाल प्रयोग गर्नमा बन्देज लाइएको छैन। यस स्थानको रहस्य नै यही हो यहाँ पुग्न साथ कुनै पनि किसिमका इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्।  तपाईंको मोबाइलमा यहाँ सिग्नल नै आउँदैन।  यहाँ पुगेर पछि तपाईको मोबाइल अर्थहीन हुन्छ।  न मोबाइलमा कुनै कल आउँछ न तपाईं नै कसैलाई कल गर्न सक्नु हुन्छ।

यो स्थान मेक्सिकोको मरुभूमि चिहुआहुआ हो।  यहाँ संसारभरिका कुनै पनि इलेक्ट्रानिक उपकरणले काम गर्दैनन्।  मानी लिनुस्, तपाईं रेडियो सुन्दै यस मरुभूमिमा प्रवेश गर्नु हुन्छ।  प्रवेश गर्न साथ रेडियो शान्त हुन्छ।  यहाँ कुनै पनि रेडियो फ्रिक्वेन्सीले काम गर्दैन।

अमेरिकाले गरेको एउटा रकेट परीक्षण (Athena RTV test rocket) यहाँको आकाशमा प्रवेश गर्न साथ धराशायी हुन पुगेको थियो। अमेरिकन वैज्ञानिक जब रकेट दुर्घटनाको कारण पत्ता लाउन यस स्थानमा पुगे, यहाँ पुग्नासाथ उनीहरुले आश्चर्यचकित हुनु पर्‍यो ।  उनीहरुका तमाम इलेक्ट्रानिक उपकरणले काम गर्न छाड़े।  उनीहरुको कम्पास र जीपीएस  सिस्टमले कुनै काम  गरेनन्।

यस ठाउँको इतिहास पुरानै छ।  सन १९६६ तिर एउटा  बहुराष्ट्रीय कम्पनीले यहाँ तेल खोजी कार्य गर्ने निधो गर्‍यो। ५० किमी  लामो यस क्षेत्रमा जब कम्पनीका कर्मचारीले अनुसन्धान प्रारम्भ गरे तब थाहा हुन आयो, यस क्षेत्रमा कुनै पनि  इलेक्ट्रानिक उपकरणले काम गरिरहेका छैनन्। रेडियो सन्देश आइरहेका छैनन्।

यसपछि यस स्थानको नाम ‘जोन अफ साइलेन्स’ राखियो। यस स्थानको यस्तो रहस्यमय चरित्रबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन। बारमूडा ट्र्रर्याङ्गलझैँ यस स्थानको रहस्य कायम छ। तर यस स्थानमा पुग्दा मानिसलाई कुनै हानि नभएका कारण यो अहिले पर्यटकीय स्थलका रूपमा स्थापित भएको छ।

Source: https://en.wikipedia.org

Title photo: https://upload.wikimedia.org

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर