विर्तामोड । ‘म सक्छु र म गर्नेछु‘ भन्ने नाराका साथ यो बर्ष २१ औं विश्व क्यान्सर विरुद्धको दिवस मनाईएको छ ।
झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पनि बिहिबार क्यान्सरका बिषयमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल र वीरता लेडी जेसीजको आयोजनामा जिल्ला तथा नगर स्वास्थ्य प्रमुख, अस्पतलाका चिकित्सक, संचार क्षेत्र र युवाहरुको संस्था रोट्रयाक्ट क्लबका प्रमुख बिच क्यान्सर रोग न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भई झापा घोषणा पत्र पनि जारी गरिएको छ । जारी घोषणा पत्रमा सचेनता फैलाउने, वातावरण स्वक्षताको विषयमा कार्यक्रम संचालन गर्ने, क्यान्सर रोग विरुद्ध प्रचार गर्ने, अस्पताल संग सहकार्य गरेर स्वास्थ्य शिविर संचालन गर्ने, झापामा क्यान्सर रोगीको संख्या न्युन बनाउन सबै पक्ष संग हातेमालो गर्ने गरी पाँच बुद्धे घोषणा पत्र जारी गरिएको हो ।
अस्पतालकी अध्यक्ष ईन्दिर गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्यासर रोग कसरी लाग्छ ? लाग्न नदिन के गर्ने ? लागे पछि उपचार को विधि र प्रक्रियाका कस्तो हुन्छ ? लागुपदार्थ र क्यान्सर रोगको सम्बन्ध लगायतका विषयमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाईरेक्टर क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्र यादव, क्यान्सर तथा स्त्रीरोग विशेषज्ञ डाक्टर प्रियंका कटुवाल, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य, जिल्ला जनस्वास्थ कार्यलयका प्रमुख जीवन चौलागाईं, विर्तामोड नगर स्वास्थ्य प्रमुख तुलसी पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य र रोट्रयाक्ट क्लब विर्तामोड सिटीकी उपाध्यक्ष सालु कोईलाले आफ्नो धारणा सहित प्रतिवद्धा व्यक्त गरेका छन् ।
अस्पतालका मेडिकल डाईरेक्टर विरेन्द्र यादवले गत आर्थिक बर्षमा अस्पतालमा १८ हजार ४ सय ४५ जना क्यान्सरका विरामीले सेवा लिएको, दैनिक सरदर ६२ जना विरामीलाई सेवा प्रदान गरिएको र आगामी दिनमा बार्षिक ६ हजार जना विरामीलाई सेवा दिने लक्षका साथ अस्पतला अघि वढिरहेको बताएका छन् । उनले अस्पतालमा उपचार गराउन आउनेहरुमा सबै भन्दा बढी झापालीहरु रहेको जसमा १४ सय ६२ जना, त्यसैगरी मोरङबाट ४ सय ३१, सुनसरीबाट २ सय ९२ र इलामबाट २ सय ३६ जनाले सेवा लिएको जानकारी दिए । उनले तयार पारेको तथ्याङक अनुसार देशका ६० भन्दा धेरै जिल्लाबाट क्यान्सरका विरामीहरु आई रहेको उल्लेख गरिएको छ । जसमा स्तन, पाठेघर र मुख क्यान्सरका विराधीहरु धेरै रहेका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा विभिन्न जिल्लाबाट ६ सय ७८ जना महिला क्यान्सर रोगीले सेवा लिएको र क्यान्सर रोगीहरु डर र लाजका कारण जचाउन र उपचारको लागि नआउने गरेको कारण धेरै क्यान्सर रोगीले घरमै क्यान्सर रोग लुकाएर राखेको हुनसक्ने क्यान्सर रोग विशेषज्ञ प्रियंका कटुवालले बताईन् । उनको भनाई अनुसार ‘कुनै पनि क्यान्सर लाग्ने वित्तिकै थाहाँ नहुने लागेको ५–१० बर्ष सम्म क्यान्सर चेक गर्न अस्पताल आउने नगर्नाले क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ ।’ समयमा नै जाच गराएर उपचार गर्ने हो भने सबै प्रकारको क्यान्सरको उपचार सम्भव रहेको भन्दै सरोकार तथा सबै पक्षले यो संदेश फैलाउनु पर्ने आग्रह गरिन् ।
करिव सय जना भन्दा धेरैको उपस्थितीमा भएको कार्यक्रमको संचालन हस्पिटलका प्रवक्ता प्रमिश गिरीले गरेका थिए ।