Aamsanchar

कम्प्युटर ह्याकरद्वारा अमेरिकामा १५ हजारलाई पानीको आपूर्ति गर्ने संयन्त्र ह्याक गरी विषालु रसायन मिसाउने कोसिस

Author Image
मङ्गलवार, माघ २७, २०७७

अमेरिकामा एक कम्प्युटर ह्याकरले फ्लोरिडा राज्यको एक शहरको पानीको आपूर्ति संयन्त्रलाई ह्याक गरेर पानीमा विषालु रसायन मिसाउने कोसिस गरेको अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार एक ह्याकरले ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टमलाई ह्याक गरेर पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा बढाउने कोसिस गरेका हुन् । तर एक कर्मचारीको यसमाथि नजर पर्यो र उनले यसलाई रोकिदिए ।पानीमा एसिडिटी रोक्नका लागि सोडियम हाइड्रोक्साइडलाई कम मात्रामा प्रयोग गरिन्छ र यसको मात्रा बढाउँदा गम्भीर परिणाम पनि निम्तन सक्छन् ।ओल्डस्मार शहरका मेयरले कोही खराब व्यक्तिले यस्तो काम गरिरहेको बताए ।

अहिलेसम्म यो विषयमा कसैलाई पक्राउ गरिएको छैन र ह्याकको कोसिस अमेरिकाभित्र भयो वा कुनै बाहिरी देशमा, त्यो पनि पत्ता लाग्न सकेको छैन । ओल्डस्मारको वाटर ट्रिटमेन्ट सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटरलाई शुक्रबार बाहिरबाट नियन्त्रण गरिएको थियो ।

द पेम्पा बे टाइम्सको रिपोर्ट अनुसार प्लान्टका एक अपरेटरले बिहानको समयमा सिस्टमको दखल देखेका थिए तर उनलाई सुपरभाइजरले यस्तो गरिरहेको भन्ने लाग्यो । तर त्यसै दिन दिउँसो पुनः यस्तै गरियो र यसपटक ह्याकरले ट्रीटमेन्ट प्लान्टको सफ्टवेयर ह्याक गरे र सोडियम हाइड्रोक्साइडको मात्रा सय प्रति दस लाखभबाट बढाएर १११०० प्रति दस लाख गरिदिए ।

अपरेटरले यसलाई तुरुन्त सामान्य स्तरमा परिवर्तन गरिदिए । सोडियम हाइड्रोअक्साइडले छाला र आँखामा जलन पैदा गर्नसक्छ । यसले कपाल पनि झार्न सक्छ । यदि यो खाएको खण्डमा यसले मुख, गला, पेटमा हानी पुर्याउन सक्छ । बान्ता र रिँगटा लाग्नुका साथै झाडा पनि लाग्न सक्छ । यस प्लान्टमार्फत १५ हजार मानिसलाई पानीको आपूर्ति गर्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर