Aamsanchar

‘यस कारण धनी भन्दा गरिव निरोगी हुन्छन्’

Author Image
बुधवार, माघ २८, २०७७

‘तपाईले खाइरहेको खाना या त तपाईका लागि सुरक्षित र शक्तिशाली औषधि हो या त्यहि खाना एक प्रकारको मन्द विष हो ।’

कसरी खाने, के का लागि खाने भन्ने कुराका लागि यही भनाइ नै काफी छ । आज तपाई हामीसँग खानेकुरा छान्ने प्रसस्त अवसर छ तर याद रहोस् आज गलत खानेकुरा छानियो भने ठूलो गल्ती हुनेछ र भोलि गएर शरीर बिग्रँदै जान्छ अज सुत्केरी हुदा धेरै कुरामा धान्न दिनुपर्ने हुन्छ भोलि आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रँदै जाने सम्भावना धेरै हुन्छ । त्यस बेला कुनै पनि खानेकुरा छान्ने अवसर रहँदैन ।
सुव्यवस्थित खानपानशैलीका लागि भन्ने गरिन्छ, गरिबसँग धेरै चिल्लो पदार्थ, मरमसला, जंकफुडहरु किन्ने पैसा हुँदैन । त्यसैले यी खानेकुरा नखाएर स्वस्थ ऊ हुन्छ । असावधानीवश खानेकुरा खाएर लाग्ने रोगबाट ऊ जोगिन्छ । स्वास्थ्यका लागि हप्तामा एक दिन उपवास बस्नु राम्रो हो । उपवास व्यक्ति या रोगीलाई होइन, रोगलाई भोको राखेर शरीर बाहिर खेदाउने प्राकृतिक क्रिया हो ।

मेरी हजुरआमालाई चाहिं परम्परागत ज्ञान प्रचुर थियो । सुत्केरी मसलाले सुत्केरीको शरीर तङग्रिन मद्दत गर्छ । सुत्केरीको स्तनबाट दूध निकाल्न मद्दत गर्छ । यसमा मिसाएका पौष्टिक तत्वले रगतको कमी हुन दिंदैन । यस्ता कुरा आफ्नो हजुरआमाबाट थाहा पाउनुभएकै होला । अहिले चाहिं धेरै युवती सुत्केरी मसला खान रुचाउँदैनन् । सायद त्यसैले घर–घरमा बन्न पनि छाडे । अहिलेका नवआमाहरू त बट्टाको खानेकुरा खान रुचाउँछन् । ‘बट्टाको खानाले महिलाको हद्दी बलियो हुन्छ, रगतको कमी हुन दिंदैन’ भन्नेजस्ता झूटा विज्ञापनमा विश्वास गर्छन् ।

१००–१५० रुपैयाँको १ किलो जौंको पिठो खानुको सट्टा १५०० किलो ९१० गुणा महँगो बट्टाको खाना किनेर मुर्खतापूर्ण काम गर्छन् । यदि ती महिलाहरूले सुत्केरी मसला भनेको के हो रु यसमा कति पौष्टिक तत्व हुन्छ रु थाहा पाएका भए आफूमात्र होइन, सायद आफ्ना श्रीमान्लाई पनि ख्वाउँथे होलान् । नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो होला, सुत्केरी मसला । सायद पहिला–पहिला ‘सुत्केरी मसला’ नाम नदिएको भए घरका पुरुषले सबै खाइदिने डर थियो कि रु सुत्केरीले खाने भनेपछि त पुरुषले नछोओस् भनेर यो नाम दिइएको हो कि ?

हामी सानो हुँदा हजुरआमाले बनाउनुहुने सुत्केरी मसलाको सुगन्धले भान्छा नै सुवासित हुन्थ्यो । हामी पनि घुटुक्क थुक निल्दै सुत्केरी मसला कहिले पाक्छ भनेर हेरिरहन्थ्यौं । पाकेपछि हजुरआमाले एक–एक चम्चामात्रै चाख्न दिनुहुन्थ्यो ।
केटीहरूले यस्तो मसला धेरै खानु हुँदैन, पेटमा टाँसिन्छ’, हजुरआमाले तर्साउनु पनि हुन्थ्यो । डरसँगै सुत्केरी मसलाको स्वाद लिइन्थ्यो । ‘सुत्केरी मसला’ भनेर महिलासँंग जोडिएका हुनाले होला, केटाहरूले यसको स्वाद लिएको चाहिँ मलाई थाहा छैन । पहिले–पहिले घरमा वा छिमेकी घरमा गर्भवती महिलाका लागि हजुरआमाले तयार पारेको सुत्केरी मसलाले महिलाको शरीरमा कति पौष्टिकता पर्दोरहेछ भन्ने धेरैपछि मात्र थाहा भयो ।

सुत्केरी मसला भनेर चिनिने यसलाई हाम्रो घरमा औषधी पुवा भनिन्छ,अझ माया गरेर हामी कालो पापा भन्छौं।आमाले हरेक बर्ष जाडोमा बनाउनुहुन्थ्यो, तर आफूले खान जुरे पो।पहिलो चोटी आफै बनाए,मिठो भो,घर हरहर वासना आयो,ठ्याक्कै पहिला आमाले पकाउॅंदा जस्तै अनि एक दुई जनालाई चाख्न दिए सबैले मिठो भयो अज बनाउनु भन्नु भयो दश जानलाई मिठो लागे पछि पक्कै पनि धेरै नेपाल दिदिबहिनीलाई पनि मिठो लाग्छ होला भनेर यो ब्यबसाय गर्न सुरुवात गरे अहिले धेरै नेपालीलाई थाहा भयो आमाको सुत्केरी मसला के हो भनेर यसमा म खुसी छुू अडर अनुसार बनाउने गरेको छु। धेरै सुत्केरी महिला खुसी हुनुहुन्छ आमाको सुत्केरी मसला खाएर।

सुत्केरी मसला वा सुत्केरी औषधि गुँद, दालचिनी, मरिच, सुकमेल, जाइफल, ल्वाङ, मेथी, ज्वानो, किसमिस, बत्तिसाको धुलो र ओखर, काजु, नरिवल, गाईको ध्यु, दूध आदि हालेर बनाइने मसला पौष्टिकताले भरिपूर्ण हुँदैन भनी कसले भन्नसक्छ रु बत्तिसाको धुलोबारे चाहिं के–के मिसाइन्छ भनेर मलाई पनि थाहा छैन । असनमा पाइने बत्तिसा बत्तीसवटा जडीबुटी मिसाएर बनाइन्छ रे भन्नेचाहिं सुनेको छु ।
गुँदमा पाइने कार्बोहाइड्रेड, दूध, काजु, नरिवल र खुवामा पनि शक्तिका स्रोत हुन्छन् । मेथीले आमाको दूध निकाल्न मद्दत गर्छ र रगतको कमीबाट बचाउँछ । ध्यु शरीरमा चाहिने नै भयो, किनभने बोसो नभई त शरीरमा भिटामिन ए, डी र के राम्रोसँग घुल्दैन ।
हेर्नोस् त हाम्रा पुर्खाहरू कति बुद्धिमान भोजनलाई औषधी नै बनाइदिए । सायद आमालाई स्याहार गर्न उत्तम छ भनेर होला भोजनमा वास्ता नगरे पनि ‘औषधी’ भनेपछि घरका मान्छेले महिलालाई दिइहाल्छन् भनेर होला ।

सायद लैङ्गिक दृष्टिकोणले पनि सुत्केरी मसला बनाउन उत्प्रेरणा गरेका रहेछन् । यदि स्वादिष्ट र स्वस्थकर मात्रै भएको भए लोग्नेमानिसले नै खाइदिन्थे होलान्, तर उनीहरूले छोएनन्, सुत्केरी शब्द जोडिएपछि ।
सुत्केरी मसला समय–समयमा दिएको भोजनले एक महिनामा सुत्केरी स्वस्थ हुन्छिन् । अपशोच, यस्तो राम्रो चलनको सट्टा सुत्केरीलाई छाउगोठमा राखेर रोटी र नुनमात्र खान दिने चलन छ, सुदूर पश्चिममा । हरेकपल्ट त्यहाँ जाँदा सुत्केरीहरूको खानाबारे सुनेर दिक्दार लाग्छ । पूर्वतिर र काठमाडौंतिर चाहिं सुत्केरीले राम्रोसँग नखाए स्याहार नभएपछि जीउ दुख्छ, शरीर बिग्रन्छ भन्ने चलन छ । सायद सुदूर पश्चिमका महिलाको स्वास्थ्य खराब भएको कारण पनि सुत्केरीलाई पौष्टिक खानेकुरा नदिएको हुनाले हो कि ?
सुत्केरी मसलाको घट्दै गइरहेको चलनले गर्दा परम्परागत स्वस्थकर खाना र त्योसंँग जोडिएको महिलाको स्वास्थ्यबारे अब फेरि सिंहावलोकन गर्नुपर्छ । नत्र त केही समयपछि ती विदेशीहरूले सुत्केरी खानाको प्याकेट गरेर हामीलाई नै बेच्न सक्छन्, योगलाई ‘योगा’ बनाएर हामीलाई सिकाएझैं ।

सुत्केरी मसला खान मन लाग्यो भन्या आमाले झन्डै मार्नु भएन कस्तो नराम्रो सोच्ने चलन मनलाको कुरा खान पनि अरूलेके भन्ला भनेर डराउनु पर्नी
नाम सुत्केरी मसला भए पनि घरका सबै परिवारका लागि सूक्ष्म पौष्टिक प्रदान गर्ने वस्तु बन्थ्यो।

बच्चा जन्मिएपछि ६ हप्तासम्मको अवधि सुत्केरी महिलाका लागि निकै संवेदनशील छ । यो समयमा बच्चासँगै महिलाले आफ्नो निकै ख्याल गर्नुपर्छ । गह्रौँ भारी उचाल्नु हुँदैन, छिटो–छिटो हिँड्नु हुँदैन । प्रशस्त आराम गर्नुपर्छ । बच्चा जन्मिएसँगै सुत्केरी महिलाले यस्ता कुरामा ध्यान दिए बच्चा र आफ्नो स्वास्थ्य राम्रो हुन्छ

जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत्केरी मसलाको प्रयोग गर्न सक्नुहुनेछ।

आमाको सुत्केरी मसला नै किन ?
यस सुत्केरी मसलामा आयुर्वेदिक जडिबुटी तथा मसलाहरु को मिश्रण भएकोले तपाइको रोगसंँग लड्ने क्षमतालाई बढाउनुको साथै तपाईलाई सधै तन्दुरुस्त राख्दछ। विषेश गरि सुत्केरी महिलाले आफु र आफ्नो बच्चा को स्वास्थ्य लाभ को लागि खाने तथा शारीरिक कम्जोर महिला, पुरुषले आफ्नो प्रतिरक्षा बूस्ट गर्न
के महिला, के पुरुष सबैको लागि आमाको सुत्केरी मसला।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 706

प्रतिक्रिया (०)

सम्बन्धित खबर