Aamsanchar

चारपानेको विवेकाश्रम–सांङ्गवेदमा स्वर्णमहोत्सव उद्घाटन, हेलिकप्टरबाट पुष्प,द्रव्य वृष्टि

Author Image
शनिवार, फागुन १, २०७७

चारपाने । स्वर्णमहोत्सव मानिसका लागि एक अवसर हो । समाजको लागि विकास । किताव झैं इतिहालको एक पाना पनि हो । कुनै पनि संस्था स्वर्णमहोत्सव सम्म आई पुग्नु निकै ठुलो चुनौती र संर्घषलाई जितेर मात्र आईपुग्न सक्छ । त्यस्तै झापाको बिर्तामोड –२ चारपानेमा रहेको विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको शुक्रबार उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहलाई रोचक र उल्लाहसमय बनाउन हेलिकप्टरबाट पुष्प तथा द्रव्य वृष्टि गराईएको थियो । स्वर्णमहोत्सव परिसरबाट रामचोक, चारपाने हुदै विशाल शोभायात्रा गरिएको थियो । शोभायात्राको संयोजन उर्मिला पोखरेलले गरेकी थिईन ।

विवेकाश्रमका अध्यक्ष धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमको अध्यक्षता तथा पाणिनी आश्रम देवगाट धामका अध्यक्ष स्वामी ईश्वरानन्द महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ का सविन खनालले संस्कृतमा, कक्षा १० का पिताम्वर पौडेलले नेपालीमा र कक्षा ७ का सुरज पौडेलले अंग्रेजीमा स्वागत गरेका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, संविधानसभा सदस्य मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, बिर्तामोड–२ का अध्यक्ष नगेन्द्र संग्रौला ,शोभायात्रा संयोजक उर्मिला पोखरेल, पञ्चरत्न माविका सहायक प्रधानध्यापक डम्वर देउजा, दिप प्रज्ज्वलनका विशिष्ठ अतिथि नविन अग्रवाल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले विद्यालयको अवस्था र आगामी कार्यदिशाबारे प्रस्ट्याएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विवेकाश्रमका महासचिव आचार्य छन्दुराम भण्डारीले पुराणहरुको सामाजिक र व्यवहारिक सान्दर्भिकता बारे चर्चा गरेका थिए । सोही कार्यक्रममा ५० जना विभिन्न व्यक्तिले दिप प्रज्जवलन गरेका थिए ।

यसैवीच विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसर पारेर गणेश पुराण ज्ञान महायज्ञको समेत उद्घाटन गरिएको थियो भने पुराण उद्घाटन अघिको शोभायात्राले विर्तामोड नगर परिक्रमा गरेको शिक्षक कृष्णमाया रिजालले जानकारी दिइन् ।

आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने गणेश पुराण ज्ञान महायज्ञको यज्ञाचार्य विवेकाश्रमका उपाध्यक्ष पं विष्णुभक्त भण्डारी, कथावाचकद्वय धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम , आचार्य छन्दुराम भण्डारी ,पाठपारायण पंडित लेखनाथ दाहालले गर्ने शिक्षक भरत भट्टराईले जानकारी दिए ।

त्यस्तै धान्यपर्वत, महारुद्राभिषेक, मन्त्रहरुको जप ,सत्संग , भजनकिर्तन तथा श्री स्वस्थानी व्रतकथामा आधारित प्रवचन कार्यक्रम समेत गरिने बताइएको छ । विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा प्रत्येक महिनाको कार्यक्रम समितिले निर्धारण गर्दै २०७८ सालको माघ महिनासम्म स्वर्णमहोत्सव मनाउने निर्णय गरेको बिद्यालयले जनाएको छ ।

संस्थाका संरक्षक पंडित नन्दिकिशोर तिम्सिना, लोकनाथ खनालको संरक्षकत्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक सोमनाथ गौतमले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर