Aamsanchar

अमेरिकामा हिमआँधी,२३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा

Author Image
बुधवार, फागुन ५, २०७७

अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीको असर आइतबारसम्म रहने बताइएको छ।

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। तापक्रम माइनसमा झरेपछि सडकमा गाडी चलाउन पनि कठिन भएको छ ।

केही राज्यहरूमा मंगलबार विद्यालयहरू बन्द गरिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार माइनस १८ डिग्रीसम्म तापक्रम पुगेको टेक्सासमा एकातिर बिजुलीको माग बढेको थियो, अर्कातिर हावाबाट बिजुली निकाल्ने टर्बाइनहरू जमेका थिए भने ग्यास फायर पावर प्लान्टले पनि काम गर्न छोडेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्। उनले टेक्सासमा आपतकाल घोषणा गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर