Aamsanchar

मेस्सी फर्गुसन ट्याक्टर बिक्रेता र किसान बीच बिर्तामोडमा भेटघाट

Author Image
शनिवार, फागुन ८, २०७७

विर्तामोड । तत्कालिन मेची र कोशी अञ्चलका विभिन्न गाउँ तथा शहरमा चारसय ट्याक्टर बिक्री गर्न सफल टाफे कम्पनीको मेस्सी फर्गुसन ट्याक्टरले बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको छ ।ट्याक्टरको प्रदेश १ स्तरीय विक्रेता पाथिभरा सहारा ट्रेडर्स प्रालि बिर्तामोडको आयोजनामा शुक्रवार बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम गरेको हो ।

पाथिभरा सहारा ट्रेडर्स प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक एलपी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम टाफे लिमिटेडका जनरल मेनेजर सेल्स पुष्कर वालीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत कम्पनीका सञ्चालक भक्ति सिटौलाले गरेको कार्यक्रममा सिभिल बैंक बिर्तामोडका प्रमुख टंक पौडेल, साना किसान कृषि सहकारीका अध्यक्ष नवराज भट्टराई, दिनेश थापालगायतले शुभकामना मन्तव्यसहित ट्याक्टरका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि टाफे लिमिटेड नेपालका सेल्स मेनेजर अनिलकुमार द्धिवेधीले ट्याक्टरका विशेषताका विषयमा जानकारी दिएका थिए । उनका अनुसार यो ट्याक्टर ढुवानीका लागि उचित, चलाउन आरामदायि र सजिलो, २८ देखि ७५ एचपीसम्म उपलब्ध, हाल ४८ देखि ६० एचपीसम्मको बिक्री भइरहेको छ । उनले ट्याक्टरमा सिमसन इन्जिन, कलिङ सिस्टम, डवल क्लच, कमदुरीमा पनि गुम्न सक्ने, इनलाइट पम्प, २ बर्ष वा २२०० घण्टाको वारेन्टी, शक्ति वढि भएकोलगायतको धेरै विशेषता भएको जानकारी दिएका थिए ।

कार्यक्रममा टाफे लिमिटेडका एरिया मेनेजर नविनकुमार सिंह, सर्भिस इन्जिनियर अनिल कुमार, लहानका आधिकारिक विक्रेता अजित अग्रवाल, टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारीका अध्यक्ष केशव कटुवाल, कोशी ट्याक्टर एण्ड अटो मोवाइल्सका प्रबन्ध निर्देशक रमेशप्रसाद सिटौलासहित ग्राहकहरुको उपस्थिति थियो । रवि ओझाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन सञ्चारकर्मी रञ्जित प्रसाईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर