Aamsanchar

बिर्तामोडमा निशान मोटर्सको बी–एसयूभी म्याग्नाइट गाडीको बिक्री शुरु

Author Image
मङ्गलवार, फागुन ११, २०७७

बिर्तामोड । कोरोनाका कहरका कारणले गर्दा झण्डै एक बर्ष नयाँ गाडीहरु बिर्तामोडमा आईनरहेको अवस्थामा झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको ल्याएर बिक्री शुरु भएको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको निशान मोटरका लागि आधिकारिक बिक्रेता निशान सोरुमबाट म्याग्नाइट गाडीको मंगलवारबाट बिक्री बितरण शुरु भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नयाँ मोडलको गाडी अनावरण गरेका थिए ।

अनलाइनमार्फत विश्वव्यापी रूपमा गाडीको वुकिङ गर्न सकिने बताउँदै निशान मोटर्सका लागि आधिकारिक विक्रेता निशान मोटरर्स बिर्तामोडका सञ्चालक रोनक वंशलले सोमवार काठमाडौंमा पहिलो पटक म्याग्नाइट गाडीको सार्वजनिक गरिएको र झापामा पनि उत्कृष्ट फिचरका गाडीहरु आइसकेको बताएका छन् ।

निशान नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी शुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता रहेका निशानका बिर्तामोड प्रतिनिधि तेज पौडेलले बताए ।

निशान म्याग्नाइट कम्पनीले यसमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिने छ । उक्त इन्जिनले ९५ हर्सपावर प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ । यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् ।

विविध अत्याधुनिक विशेषता रहेको निशान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ । निशान म्याग्नाइट गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट शुरु हुने निशानका बिर्तामोड सञ्चालक वंशालले बताएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर