Aamsanchar

आजको मौसम

Author Image
बुधवार, फागुन १२, २०७७

काठमाडौं । बुधबार देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको प्रभाव देखिएको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर