Aamsanchar

ब्रदर्स युनाईटेड चन्द्रगढी अध्यक्ष कपको सेमीफाइनलमा

Author Image
शुक्रवार, फागुन १४, २०७७

मदरगाछ। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ ।

आज ९सुक्रबार० भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुबै टिमबाट निर्धारित समयमा १(१ गोल भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो।खेलको १७ मिनेटमा राजगढका जर्सी नम्बर १७ का राजकुमार कंदङ्वाले १ गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाए संगै चन्द्रगढीका जर्सी नम्बर ९ का सबिन थापा मगरले खेलको २९ औं मिनेटमा जवाफी गोल फर्काएका थिए।त्यसपछी ट्राइबेकरमा धकेलिएको प्रतियोगितामा चन्द्रगढीले ३(० को गोलान्तरले राजगढ संग जित हासिल गरेको छ।यो संगै ब्रदर्स युनाइटेड र रेड स्टार बिर्तामोड बिच सेमीफाइनल खेलमा भेट हुने पक्का भएको छ।

आज भएको खेलको म्यान अफ दी म्याच ब्रदर्स युनाइटेडका गोल किपर आमस टुडु भएका छन । उनले नगद सहित ट्रफी र प्रमाण पत्र पाए । भोलि ९शनिबार० समूह ूएू अन्तरगत सेमीफाइनलको खेलमा जलथल एफसी र श्रीनयाँ नाथ गण चारआली बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर