Aamsanchar

आर्मीलाई हराउँदै जलथल एफसी फाइनलमा प्रवेश

Author Image
शनिवार, फागुन १५, २०७७

मदरगाछ ।  स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ ।

आज ९शनिवार० भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा चारआली माथी २-० को गोल अन्तरको सहज जितले जलथल फाइनलमा प्रबेश गरेको हो।खेलको ६० औं मिनेटमा जलथलका जय गुरुङले १ गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाए संगै पुनस् ७० औं मिनेटमा सरोज कार्कीले १ गोल थपेका थिए।

आज भएको खेलको म्यान अफ दी म्याच जलथलका सरोज कार्की भएका छन। उनले नगद सहित ट्रफी र प्रमाण पत्र पाए । भोलि (आइतबार) समूह ‘बि’ अन्तरगत सेमीफाइनलको खेलमा ब्रदर्स युनाइटेड चन्द्रगढी र रेड स्टार बिर्तामोड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर