Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा शिवाकोटी विजयी, उपविजेता भट्टराईले दिए शुभकामना

Author Image
सोमवार, फागुन १७, २०७७

बिर्तामोड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको तिन बर्षे कार्यकालको लागि अध्यक्षमा प्रकाश शिवाकोटीले विजयी हासिल गरेका छन् ।
आज सम्पन्न मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पद्मा उम्मेदवारी दिएका शिवाकोटीले २१३९ मत प्राप्त गरेर अध्यक्षको पदमा विजयी बनेका हुन् ।
उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष पदका उम्मेदवार सुभास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् उनले २११६ मत प्राप्त गरि विजयी बनेका हुन । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १५१२ मत प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले १९४० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले २२७८ मत प्राप्त गर्दै विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् ।

महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १८४३ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।

उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले २५५० सबै भन्दा धेरै मत प्राप्त गरि विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले १०६३ मत प्राप्त गरेका छन् ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १९६६ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मत प्राप्त गरेर विजयी बनेकी छन् । निकटतम् प्रतिष्पधी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८ जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, पुकार बराल २०००, बलराम सिटौला (राम) १८६१, विशाल थापा २०९९ गौरीशंकर गुप्ता १७९० मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्यमा तुलसा ढकाल २१९५ र रुची शिवाकोटीले २०७६ मत प्राप्त गरी विजयी बनेका छन् ।

कुल तीन हजार ८४९ मतमध्ये अहिलेसम्म पदाधिकारीमा तीन हजार ३६२ जनाको मतमात्र गणना भएको निर्वाचन समितिले जनाएको छ ।

विर्तामोडका एक उदयमान युवा व्यवसायी संयुक्त प्यानलको तर्फबाट अध्यक्ष पदमा उपबिजेता बनेका सुवास भट्टराईलाई आमसंचार डटकमले निर्वाचनको बारेमा तपाई के भन्न चाहानुहुन्छ भन्ने प्रश्नमा भट्टराईले चुनावी प्रक्रियालाई स्वीकार गर्दै दुवै प्यानलका तर्फबाट विजयी बन्न सफल सम्पूर्ण व्यवसायी हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर