Aamsanchar

नेपाल सुन्दर बनाउन शान्तिपूर्ण राजनीतिमा : विप्लव

Author Image
शुक्रवार, फागुन २१, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा आएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा महासचिव विप्लवले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन भएको बताएका छन् ।

उनले राजनीतिको नयाँ दिनलाई सफल पार्न दुई पक्षबीच ३ बुँदे सहमति भएको बताएका छन् । उनले सहमति गराउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’

विप्लवले यो सहमति भित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताएका छन् । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर