Aamsanchar

यो वर्ष आउने आइफोन–१३ मा के छ बिशेष्ता ?

Author Image
शनिवार, फागुन २२, २०७७

यो वर्ष आउने नयाँ आइफोनमा थुप्रै फिचरको साथ सुधार पनि देखिने प्रयोगकर्ताबिच अपेक्षा छ। एप्पलले आइफोन–१२ मा देखिएका केही समस्यालाई हटाएर अब सार्वजनिक हुने आइफोन अझै राम्रो बनाउन सक्ने ह्वाट हाइफाइले उल्लेख गरेको छ। एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार सन् २०२१ मा एप्पलले आइफोन–१३ सार्वजनिक गर्न सक्नेछ।

यो नयाँ आइफोनको नाम तय नभएपनि अहिलेसम्म यसलाई आइफोन–१३ भनेर सम्बोधन गरिरहेको छ।आइफोन–१३ का सिरिज पनि आइफोन–१२ जस्तै हुने हल्ला छ। आइफोन–१२ मिनीको बिक्री राम्रो नभएको कारण नयाँ आइफोनको मिनी संस्करण उत्पादन नगर्ने बताइएको छ।

यो नयाँ उत्पादनमा तीनवटा सिरिज हुन सक्ने छ। जसमा आइफोन–१३, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स। आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स मोडलमा १२० एच।जेट आकारको स्क्रिन, नोचको आकार सानो र लाइटनिङ पोर्ट हुने विश्लेषक मिङ–ची कुओको भनाइ छ।

यसैगरी नयाँ आइफोनको ब्याट्री पनि ठूलो हुने र यसमा क्वालकोमको स्न्यापड्रागन एक्स–६० मोडेम प्रोसेसर हुने रिपोर्टले जानकारी दिएको छ। अर्को नयाँ आइफोन–एसइ उत्पादनको काम पनि भइरहेको हल्ला छ। यो आइफोनमा ५–जी नेटवर्क र तिव्र गतिमा चल्ने प्रोसेसर हुनेछ। आइफोन–एसइ सन् २०२२ भन्दा अगाडी सार्वजनिक नहुने ह्वाट हाइफाइले लेखेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर