Aamsanchar

भोलि कोभ्याक्समार्फतको ३ लाख ४८ हजार डोज खोप नेपाल आउँदै

Author Image
शनिवार, फागुन २२, २०७७

काठमाडौं – ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए । युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए । ‘चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप पनि चाँडै आउँछ, यसका लागि परराष्ट्रसँग कुरा भइरहेको छ’ सचिव अर्यालले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर