Aamsanchar

कोलकातामा रेलवेको कार्यालय रहेको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

Author Image
मङ्गलवार, फागुन २५, २०७७

एजेन्सी । भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा सोमबार साँझ भीषण आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो । आगलागीमा परेर मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आगलागीमा परेर केही व्यक्ति घाइते भएका छन् ।

आगो नियन्त्रणमा लिन १५ वटा दमकलहरूको प्रयोग भएको जनाइएको छ । यो भवनमा रेलवेको कार्यालय रहेको थियो । भवनमा आगलागी भएपछि पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी घटनास्थलमा पुगेकी छन् । फायर ब्रिगेडका एक अधिकारीका अनुसार आगो साँझ ६ बजेर १० मिनेटमा लाग्न सुरु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर