Aamsanchar

आज सुनको भाउ

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३