Aamsanchar

पछिल्लो २४ घन्टामा ५९ जना कोरोनाका संक्रमण, एक जनाको मृत्यु

Author Image
मङ्गलवार, फागुन २५, २०७७

काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। ६० जनाले कोरोना संक्रमणलाई जितेका छन्।

योसँगै मृत्यु हुने कोरोना संक्रमित संख्या ३ हजार १२ पुगेको छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर