Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघमा संयुक्त व्यवसायी प्यालनबाट विजयी उम्मेदवारलाई बधाई तथा सम्मान

Author Image
मङ्गलवार, फागुन २५, २०७७

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको केही दिन अघि सम्पन्न निर्वाचनमा संयुक्त व्यवसायी प्यालनबाट उम्मेदवारी दिएर विजयी बनेका चारजना पदाधिकारीहरुलाई एक औपचारिक कार्यक्रम मार्फत बधाई तथा शुभकमाना व्यक्त गरिएको छ ।

संयुक्त व्यवसायी प्यानलको तर्फबाट चुनाव प्रचार प्रसारका लागि गठन गरिएको प्रचार समितिको आयोजनामा विर्तामोडमा मंगलबार आयोजित पक्रकार भेटघाट कार्यक्रम मार्फत महासचिव पदमा विजयी बन्न सफल अर्जुन मैनाली, बाणिज्य सचिव कृष्ण पौडेल, सदस्य गौरीशंकर गुप्ता (टिंकु), सदस्य रुची शिवाकोटीलाई बधाई तथा सम्मान गरिएको थियोे । एकजना विजयी उम्मेदवार भने उपस्थित भएका थिएनन् ।

प्रचार समितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगरकमिटी अध्यक्ष उमानाथ भण्डारी, क्यान महासंघ केन्द्रिय सदस्य भुपेन्द्र मैनाली, सिम्रिक सहकारीका अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर