Aamsanchar

हत्या अभियोगमा झापाबाट एकजना पक्राउ

Author Image
सोमवार, जेठ १८, २०८३

झापा- हत्या अभियोगमा झापाबाट एकजना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा सोही ठाउँस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्ने तनहुँ घर भएका ३५ वर्षीय रामबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी वादविवादको क्रममा रामबहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर