Aamsanchar

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर,पुन:भेन्टिलेटरमा राखेर उपचार हुँदै

Author Image
बुधवार, फागुन २६, २०७७

काठमाण्डौ – मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, फेरि समस्या बढेको भन्दै भेन्टिलेटरमा राखिएको हो । उपचारमा संलग्न डाक्टरहरुले नेता जोशीको अवस्था जोखिमपूर्ण रहेको बताएका दाजु राजुराज जोशीले जानकारी दिनुभयो । डाक्टरको सल्लाहअनुसार नै फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर