Aamsanchar

ताप्लेजुङको आठराईमाअस्पताल निर्माण गर्न प्रसाईं दम्पतीद्वारा १ करोडको जग्गा गाउँपालिकालाई प्रदान

Author Image
बिहिवार, फागुन २७, २०७७

ताप्लेजुङ –आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्थानीय जनार्दन प्रसाईं र लक्ष्मी सिटौला प्रसाईंले एक करोड रुपैयाँ बराबरको २८ रोपनी ८ आना जग्गा गाउँपालिकालाई निस्शुल्क पास गरिदिएका छन्‌।

त्यस्तै, मचिन्द्र फेयङ र मनुषा हुक्पाचोङवाङ फेयङले १ रोपनी १४ आना, इन्दिरा राई यक्सो र तक्दिरराज प्रसाईंले २–२ रोपनी, डक्बर यक्सोले १ रोपनी ८ आना, विमल यक्सो र अकल बहादुर यक्सोले १ रोपनी, टेकमान खपाङगी मगर र पदम आङवुहाङले १२ आना, हर्क यक्सोले ८ आना, दिनेश प्रसाईंले ८ आना जग्गा निस्शुल्क उपलब्ध गराएका हुन्‌।

याम बहादुर आङवुहङले ५० हजार, राजकुमारी फेयङले ५० हजार, धन बहादुर यक्सोले ५० हजार र नरेन्द्र याक्सोले ५० रुपैयाँ नगद सहयोग प्रदान गरेका वडाध्यक्ष खरेलले बताए। स्वास्थ्य क्षेत्रको लागि बाँकी ३ रोपनी जग्गा पास गर्ने क्रममा रहेको समेत उनले जानकारी दिए।

१० शय्याको हाङपाङ आधारभूत अस्पताल निर्माणको लागि स्थानीय समाजसेवाहरूबाट जग्गा र रकम संकलन गरिएको उनको भनाई छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर