Aamsanchar

भारतमा कोरोनाविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ

Author Image
शुक्रवार, फागुन २८, २०७७

भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको छ ।

एडिसनल सिभिल सर्जन पद्मजा सराफका अनुसार दोस्रो डोज लिएको ४२ दिनपछि शरीरमा पूर्णरुपमा एन्टीबडी विकास हुन्छ । त्यसैले खोप लगाएपछि पनि कोभिड प्रोटोकल पालना गर्नुपर्ने उनको सुझाव छ । यता, भारतमा नै विकास र उत्पादन गरिएको कोभ्याक्सिनु लाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

भारतमा पछिल्ला दिनमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । यही अवधिमा थप ११९ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा सबैभन्दा धेरै १४ हजार ३१७ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमित बढ्न थालेपछि पञ्जाबको पटियाला जिल्लामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाइट कर्फ्यू लागु गरिएको छ ।

स्रोतः दैनिक भास्कर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर