Aamsanchar

कला र संस्कृति बचाउन सरकारले कदम चाल्नुपर्ने माग गर्दै नाङ्गिएर एक अभिनेत्री कार्यक्रममा

Author Image
शनिवार, फागुन २९, २०७७

फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्‍याउनका लागि एउटा सार्वजनिक पुरस्कार वितरण समारोहमा नाङ्गिएकी छन् । उनले कोरोना महामारी चलिरहेको यो समयमा कला र संस्कृति बचाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग सरकारसम्म पुर्याउन यस्तो कदम चालेकी हुन् । ५७ वर्षीया कोरेन मासिरोले सिजर अवार्ड समारोहमा यस्तो हर्कत गरेकी हन् । सिजर अवार्डस्लाई फ्रान्सको ओस्कार बराबर मान्ने गरिन्छ ।

मासिरो मञ्चमा गधाको कस्ट्युम लगाएर पुगेकी थिइन् । त्यसको तल उनले रगत लतपतिएको कपडा लगाएकी थिइन् । मञ्चमा उनले दुवै कपडा उतारेकी थिइन् । फ्रान्समा चलचित्र हलहरु बन्द भएको तीन महिनाभन्दा लामो समय भइसकेको छ। चलचित्र हल बन्द गर्ने सरकारको निर्णयप्रति धेरै कलाकार रुष्ट छन् ।

सिजर अवार्ड समारोहका आयोजकले मासिरोलाई बेस्ट कस्ट्युम (उत्कृष्ट पहिरन) को अवार्ड प्रदान गर्न मञ्चमा बोलाएका थिए । तर, उनले मञ्चमै नाङ्गिएर कार्यक्रममा सहभागीहरुलाई आश्चर्यमा पारिन् । उनको शरीरको केही भागमा केही सन्देशसमेत लेखिएको थियो । गर्धन मुनि लेखिएको थियो–कल्चर (संस्कृति) छैन त फ्युचर (भविष्य)छैन ।

अर्को एउटा सन्देश उनले फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्सका लागि आफ्नो ढाडमा लेखिकी थिइन् । त्यो थियो–हामीलाई हाम्रो संस्कृति फिर्ता गर, जिएन । यही कार्यक्रममा मासिरोले निःवस्त्रु हुनुअघि केही अन्य कलाकारले पनि सरकारसँग यस्तै अपिल गरेका थिए।

सिजर अवार्डस्मा यसपटक बेस्ट स्क्रीनप्ले पुरस्कार विजेता स्टेफनी डेमास्टियरले भनिन्–मेरा बच्चाहरु किनमेल गर्न जान सक्छन् । तर उनीहरु फिल्म हेर्न जान सक्दैनन् । यो कुरा मेरो बुझाइभन्दा बाहिरको छ । गत वर्ष डिसेम्बरमा सयौं कलाकार, चलचित्र निर्देशक, संगीतकार, चलचित्र समीक्षक र कला क्षेत्रका धेरैले पेरिसमा सरकारविरुछ प्रदर्शन गरेका थिए । उनीहरुले अन्य क्षेत्रमा जसरी प्रतिबन्ध हटाइएको छ, कला क्षेत्रबाट पनि प्रतिबन्ध हटाइयोस र खोल्न दिइयोस् ।

यो वर्ष सिजर अवार्ड समारोहमा एल्बर्ट डुपोंटेलको चलचित्र गुडबाय मारान्सलाई बेस्ट फिल्मको अवार्ड दिइयो । यस्तै डेनमार्कमा बनेको चलचित्र अनादर राउन्डले उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पायो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर