विर्तामोड। झापाबाट नयाँ चलचित्रको सुटिङ शुभसाहित भएको । राजबंशी र राष्ट्रिय भाषा नेपाली मा पनि बनाइने चलचित्र भाइ भाइको आईतबार बिर्तामोडमा सुटिङको शुभमुर्हत गरिएको छ ।
झापा, इलाम, पोखरा र जोमसोममा सुटिङ हुने भाइ भाइको निर्देशन गजेन्द्र राजबंशीले गर्ने भएका छन् ।
भाइहरुबीचको कथालाई सिनेमामा प्रस्तुत गरिएको निर्देशक राजबंशीले बताए । सिनेमाको निर्माता विर्तामोडका पूर्ण राजबंशी रहेका छन् ।
उनका अनुसार यसमा १२ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सिनेमाको सोमवारदेखि लगातार सुटिङ हुने र महिना दिनभित्र सुटिङ सकिने अनुमान गरिएको छ ।
चलचित्रमा मुख्य कलाकारको रुपमा यस अघिनै चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकारहरुको सहभागिता रहनेछ ।
पूर्ण राजवंशी, हंशनारायण राजवंशी, मोहन राजबंशी, कौशला राजबंशी र प्रतिभा राजवंशीको अभिनय रहनेछ । छायाङ्कन विन्जु मिडिया कर्नरका सञ्चालक तथा संचारकर्मी बिजय बरालले गर्ने भएका छन् ।