Aamsanchar

केकीले गरिन् कपाल मुन्डन, कारण के छ ?

Author Image
सोमवार, चैत २, २०७७

काठमाडौँ –अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् ।

कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक गरेकी हुन् । पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।’ अर्को ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् । अभिनेत्री केकी अहिले फिल्म ‘बोक्सीको घर’ अभिनयरत छिन् । नाटक ‘बोक्सीको घर’मा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो । कपाल मुन्डनको विषय अभिनेत्री केकीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर