Aamsanchar

नायिका केकीले कपाल मुण्डन गर्नुको कारण सार्वजनिक

Author Image
सोमवार, चैत २, २०७७

नेपाली चर्चित नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् ।

केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो ।’

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी छिन् ।

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि यति चाडै कपाल किन मुण्डन गर्नुभयो त भन्ने प्रश्नमा केकीले भनिन्–‘हामीले चाडै नै फोटोसुट पनि गर्नुछ । यसैले पनि कपाल केही समय अगाडि नै काट्नुपर्यो ।’

केकी आफू सधै नै फरक–फरक भूमिका निर्वाह गर्न तयार रहेकाले पनि आफूले माया गरेको कपाल काट्न तयार भएको बताउँछिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर