Aamsanchar

अमेरिकाको बिभिन्न ३ ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु

Author Image
बुधवार, चैत ४, २०७७

काठमाण्डौ – अमेरिकाको जर्जिया राज्यको तीन ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको ज्यान गएको हो भने एटलान्टाको दुई स्पामा चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ ।

अधिकारीहरुले तीनवटै घटनामा संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरेको बताएका छन् । मङ्गलवार भएको यस घटनाको कारणबारे बताइएको छैन । पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ ।

गएको हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली अमेरिकीप्रति भएको आक्रमण, दुव्र्यवहारको खण्डन गर्नुभएको थियो । पहिलो अमेरिकी समयअनुसार साँझ ५ बजे योङ् एसियन मसाज पार्लरमा भएको बताइएको छ । प्रहरी कार्यालयका प्रवक्ता क्याप्टेन जे बेकरले घटनास्थलमा दुई जनाको ज्यान गएको र तीन जनालाई अस्पताल लगिएकोमा दुई जनाको त्यहाँ ज्यान गएको हो । त्यहाँ ज्यान गुमाएकामध्ये दुई एसियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर