Aamsanchar

छात्राहरुलाई दुर्व्यवहार गरेको भन्दै शिक्षकलाई विद्यार्थीले कालोमोसो दले

Author Image
शुक्रवार, चैत ६, २०७७

चितवन-  चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् । गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।

विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् । यता विद्यालय प्रधानाध्यापक नारायणबहादुर थापाले भने विद्यालय परिसरभित्रै शिक्षकमाथि भएको अमानवीय व्यवहारको भत्र्सना गर्दै विद्यालय शान्तिपूर्ण रुपमा पठनपाठनको वातावारण नभएसम्म अनिश्चितकालका लागि विद्यालय बन्द हुने सूचना जारी गरेका छन् । त्यस्तै विभिन्न शिक्षक संगठनहरुले पनि अमानवीय भएको भन्दै विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)