Aamsanchar

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार कोरोना संक्रमित फेला

Author Image
शुक्रवार, चैत ६, २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा करिब ४० हजार जना संक्रमित भएका छन्। गत बुधबार ३६ हजार र बिहीबार ३९ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको थियो।

गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको सबैभन्दा बढी हो। भारतमा अहिलेसम्म कुल संक्रमितको सख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको मन्त्रालयले जनाइएको छ। तीमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन्। एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएको छ। जससँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक लाख ५९ हजार ३७० पुगेको छ। भारतमा जनवरीदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। समयदेखि हालसम्म करिब तीन करोड ८० लाख जनाले खोप लगाइसकेका छन्। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ। परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर