Aamsanchar

भारतीय जेलबाट छुटे इलामका दुर्गाप्रसाद

Author Image
शनिवार, चैत ७, २०७७

काठमाडौं – ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामको माई नगरपालिका-१० का दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)शनिबार दिउँसो छुटेका छन् । भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर(सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल आईपुग्नेछन् ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो । कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।

दुर्गाका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुनस् अदालतलाई जानकारी गराउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर