Aamsanchar

झापाको दमकमा ट्रिपरको ठक्करबाट घाईते अर्का १ जनाको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

Author Image
शनिवार, चैत ७, २०७७

झापा- झापाको दमकमा आज साँझ टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । घाईते भएका अर्का एक जनाको पनि मृत्यु भएको हो । पछिल्लो समय विएण्डसी अस्पताल विर्तामोड उपचारका लागि लगिएका घाईते रतुवामाई ८ का २३ बर्षिय निरन बस्नेतको मृत्यु भएको हो । यस अघि मोरङ रतुवामाई ८ का २४ बर्षिय अनिष कोइरालाको मृत्यु भएको थियो । ठक्करबाट रतुवामाई ८ कै १८ बर्षिय हर्षित बाँस्तोलाको अवस्था गम्भिर छ ।

पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई पश्चीमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार कोईरालाको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन ।

त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को२८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन् । उनीहरुको दमकमा उपचार भईरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।दुर्घटनामा संलग्न टिपर र त्यसका चालक दमक ४ बस्ने ४९ वर्षिय प्रकाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर