Aamsanchar

भारतमाथी कोरोनाको पुनः कडा आक्रमण, एकै दिन ४३ हजार माथीमा असर

Author Image
आइतवार, चैत ८, २०७७

काठमाडौं । पछिल्ला केहि दिनमा भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । पछिल्ला केहि महिनामा घटेको संक्रमितको दर पुनः वढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको ज्यान गएको छ ।

यो सँगै ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा समेत भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर