Aamsanchar

गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक

Author Image
सोमवार, चैत ९, २०७७

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिए पछि भारतको गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ । गुजरातका उप मुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको बताउनु भएको छ । उहाँले भीडभाड नगरी सीमित व्यक्तिसँग मात्रै होली खेल्न अनुमति दिइएको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

होलीमा रङ्ग खेल्न समेत रोक लगाइएको छ । कोरोनाका कारण भारतका ६ राज्य नराम्ररी प्रभावित भएका छन् । महाराष्ट्र, पञ्जाब, केरला, कर्नाटक, गुजरात र मध्यप्रदेशको अवस्था गम्भीर बन्दै गएको खबरमा उल्लेख छ ।

कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य परीक्षणको दायरा बढाइएको छ । त्यहाँ एकै दिन ११ लाख ३३ हजार भन्दा धेरैको परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म एक करोड १६ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये एक करोड ११ लाख भन्दा धेरै निको भएका छन् भने एक लाख ६० हजार भन्दा धेरैको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर